काठमाडौं । बजाजको बहुप्रतिक्षित इलेक्ट्रीक स्कुटर चेतकको शोरुम काठमाडौंको नक्सालमा संचालनमा ल्याएको छ ।
बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाशचन्द एण्ड कम्पनीले चेतक इलेक्ट्रीक स्कुटरको शोरुम काठमाडौंको नक्साल स्थित नारायणचौरमा संचालनमा ल्याएको हो ।
पहिले केटिएम डुक रहेको स्थानमा अहिले चेतकको शोरुम रहेको छ भने अहिले केटिएम डुक रहेको स्थानको पछाडीको भवनमा माथिल्लो तल्लामा मोटरसाइकल विक्री कक्ष र तल वर्कशप रहको छ ।
यो इलेक्ट्रिक स्कुटर आइतबार साँझ काठमाडौँमा एक कार्यक्रममार्फत सार्वजनिक गरेको हो।
स्कुटर सार्वजनिक गर्दै बजाजका निर्देशक अभिमन्यु गोल्छाले २ पांग्रे सवारीका लागि ऐतिहासिक रात भएको उल्लेख गर्दै इलेक्ट्रिक दुई पांग्रेको अभाव पुर्ति गर्ने विश्वास व्यक्त गरे।
१५३ रेञ्ज रहेको बजाज चेतक ३५०१ को सुरूवाती मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ रहेको छ।



