इलेक्ट्रिक स्कुटर बजाज चेतक सार्वजनिक, सुरूवाती मूल्य कति ?

0 Shares

काठमाडौं । इलेक्ट्रिक स्कुटर बजाज चेतक ३५०१ नेपालमा सार्वजनिक भएको छ।

आइतबार साँझ काठमाडौँमा एक कार्यक्रममार्फत बजाज अटो लिमिटेडले स्कुटर सार्वजनिक गरेको हो।

स्कुटर सार्वजनिक गर्दै बजाजका निर्देशक अभिमन्यु गोल्छाले २ पांग्रे सवारीका लागि ऐतिहासिक रात भएको उल्लेख गर्दै इलेक्ट्रिक दुई पांग्रेको अभाव पुर्ति गर्ने विश्वास व्यक्त गरे।

१५३ रेञ्ज रहेको बजाज चेतक ३५०१ को सुरूवाती मूल्य ३ लाख २४ हजार ९०० रूपैयाँ राखिएको छ।

सम्बन्धित समाचार