थाई एयरवेजका तर्फबाट जि.एस.ए. सोसाइटी इन्टरनेशनल ट्राभल्सद्वारा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं । थाई एयरवेजका तर्फबाट एयरलाइन्सको जि.एस.ए.सोसाइटी इन्टरनेशनल ट्राभल्सद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

‘जीवनको उपहार दिऔँ’ भन्ने मूल नारासहित काठमाडौंको हात्तीसारमा कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम बिहान १० बजेबाट दिउँसो १ बजेसम्म सञ्चालन भएको थियो ।

मानव सेवा र सामाजिक उत्तरदायित्वअन्तर्गत यो रक्तदान कार्यक्रम आयोजना गरिएको सोसाइटी इन्टरनेशनल ट्राभल्सले जनाएको छ । आपत कालीन अवस्थामा रगतको आवश्यकता पर्ने बिरामीहरूलाई सहयोग पुर्याउनु र समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्नु कम्पनीको प्रमुख उद्देश्य र दायित्व हो ।

थाई एयरवेजले सबैलाई रक्तदानमा सहभागी भई जीवन बचाउने पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको थियो । ‘तपाईंको सानो योगदानले कसैको जीवन बच्न सक्छ,’ थाई एयरवेजले भनेको छ ।

उक्त कार्यक्रममा सोसाइटी इन्टरनेशनल परिवार, विभिन्न ट्राभल एजेन्सी तथा सेवाग्राहीहरू गरेर १३१ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको थियो ।

उक्त अवसरमा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरुप प्रमाण पत्र पनि प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार