नागरिक उन्मुक्तिको अध्यक्ष मै हुँ : रञ्जिता श्रेष्ठ

0 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ‘विधानविपरीत’ बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताएकी छन्।

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षसँग मात्रै हुने बताइन्। आफूले कुनै भेला आह्वान नगरेको उनको भनाइ छ।

श्रेष्ठले पार्टीको विधानअनुसार आफू अझै अध्यक्षको भूमिकामै रहेको दाबी गरिन्। ‘म निरन्तर काममा हिँडिरहेकी छु, पार्टीभित्रको विवादबारे केही थाहा छैन, कुनै भेला पनि मैले बोलाएकी छैन,’ उनले भनिन्।

सम्बन्धित समाचार