0
Shares
काठमाडौं । पोखरा महानगरका एक इञ्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले महानगरमा कार्यरत इञ्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पर्स्याङबाट उनी पक्राउ परेका हुन् ।
उनी पक्राउ परेको अख्तियार पोखराले पुष्टि गरे । उनले घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिएका हुन् । उनले सेवाग्राही पोखर वडा नम्बर १० का बासिन्दासँग पैसा लिएका हुन् ।