सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा

0 Shares

काठमाडौं । सेयर बजारमार्फत ठगी र विश्वासघातको आरोपमा पक्राउ परेको सेयर कारोबारी दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् ।

अग्रवाललाई साउन ५ गते टोखाबाट पक्राउ गरिएको थियो । प्रहरीले उनलाई करिब १० दिनको हिरासतको अनुसन्धानपछि हाजीर जवानीमा रिहा गरेको हो । अनुसन्धान जारी भएकाले आवश्यक परे तुरुन्त उपस्थिति हुनुपर्ने गरी छुटेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

अग्रवालले सेयर कारोबारमार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । यस्तै उनले एकै व्यक्तिबाट करिब साढे ६ करोड रुपैयाँ ठगी गरेको आरोप छ ।

धनुषाको जनकपुर उपमहानगर १ घर भई काठमाडौं महानगर १० बस्दै आएका ६० वर्षीय दिनेशप्रसाद साह नाम गरेका व्यक्तिको ६ करोड ४५ लाख रुपैयाँ ठगी आरोपमा उनी पक्राउ परेको थिए ।

सम्बन्धित समाचार