चाँगुनारायणमा विदेशी पर्यटकबाट सवा एक करोड आम्दानी

0 Shares

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् ।

चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् ।

विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख राजस्व संकलन गरेको छ । भारतलगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० का दरले पर्यटन शुल्कबापत १७ लाख २६ हजार राजस्व संकलन भएको हो । अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० का दरले एक करोड दुई लाख संकलन भएको उनको भनाइ थियो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्कबापत संकलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगरभित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए ।

सम्बन्धित समाचार