रसुवागढी नाका दसैँअघि सञ्चालन हुने

0 Shares

त्रिशूली । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि सञ्चालन गर्ने गरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् ।

त्रिदेशीय अन्तर्राष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ-रसुवागढी सडक योजना’को अवलोकनपछि मंगलबार नुवाकोटमा पत्रकारसँग कुरा गर्दै उक्त जानकारी दिए ।

गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल-चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो ।

‘गल्छी-रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका बेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको छ,’ मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रुबेसी-रसुवागढी सडक खण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’

सम्बन्धित समाचार