बेपत्ता हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

0 Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ छेत्पाबाट सम्पर्कविहीन भई कास्कीको पोखरा महानगर ३० गगनगौँडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ ।

पोखरा ३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।

उनीहरूलाई पोखरा महानगर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो ।

धनबहादुर हराएका मध्येकी कमला हायूका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् ।

सम्बन्धित समाचार