0
Shares
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती र लुम्बिनीलगायत देशका पहाडी भागका धेरै स्थान तथा तराई भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
त्यसैगरी, राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भागमा साधारणतया बदली रही बाँकी तराई भागमा आंशिक बदली रहने छ ।
लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका केही स्थान तथा तराई भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।