सिन्धुलीबाट बेपत्ता परिवार कसरी पुगे पोखरा ?

0 Shares

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६, बिखर कटेरी छेत्पाबाट एउटै परिवारका १६ जना सदस्य सम्पर्कविहीन भएको भनिए पनि उनीहरु आज जिल्ला प्रहरी कार्यालय कास्कीको सम्पर्कमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार सबै जना प्रहरीको सम्पर्कमा आएका हुन् ।

५२ वर्षीया उर्मिला हायूको परिवारका सबै सदस्यहरू शनिबार बेलुका ईभी गाडी रिर्जभ गरेर पोखरा घुम्न गएको भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए ।

आज दिउँसोसम्म उक्त घरमा कोही पनि नदेखिएपछि स्थानीय र प्रहरीले खोजतलास गरेका थिए ।

सम्बन्धित समाचार