सुख्खा पहिराले पृथ्वी राजमार्ग अवरुद्ध

0 Shares

तनहुँ । मुग्लिन पोखरा सडक खण्डअन्तर्गत डुम्रे-आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ ।

तनहुँको बन्दीपुर गाउँपालिका ४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो ।

सडकको बीच भागमा ठूला ढुंगा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो पन्छाएर हटाएर राजमार्ग सञ्चालनको प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।

सम्बन्धित समाचार