सिन्धुलीबाट हराए‍का १६ जनाको लोकेसन रामेछाप देखियो

0 Shares

काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जना रामेछाप पुगेको भेटिएको छ।

बिहीबारदेखि सम्पर्कविहीन भएका उनीहरूको लोकेसन शुक्रबार राति १० बजेर ९ मिनेट जाँदा रामेछापमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए।

बेपत्ता भएका परिवारको घरमा बस्तुभाउ सबै छन्। गाउँलेले उनीहरूलाई बिहीबारदेखि नै नदेखेको बताएका छन्। हायु थरका उनीहरूलाई स्थानीय सरकारले लोपउन्मुख जातिका रुपमा मासिक प्रतिव्यक्ति ४ हजार रुपैयाँका दरले भत्तासमेत दिँदै आएको थियो। उनीहरूले तीन महिनाको १६ जनाको एक लाख ९२ हजार रुपैयाँ लिएका थिए।

यस्तै घरमै सुँगुर काटेर खाएको पनि देखिएको छ। हायुको घर एकान्तमा छ। त्यहाँबाट अर्को कुनै घर पुग्न कम्तिमा १५ मिनेट लाग्ने वडा अध्यक्ष रविन श्रेष्ठले जानकारी दिए।

 

सम्बन्धित समाचार