नेपाल टेलिकमको भिओएलटीई र फोर जी सेवामा समस्या, इन्टरनेट प्रभावित

0 Shares

काठमाडौं। नेपाल टेलिकमको भिओएलटीई र फोर जी सेवामा समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भएको छ। आज दिउँसो करिब २ बजेदेखि सेवामा समस्या उत्पन्न भएको टेलिकमले जनाएको छ।

कम्पनीका अनुसार टु जी र थ्री जी सेवा भने नियमित सञ्चालन भइरहेको टेलिकमले बताएको छ। विशेषगरी काठमाडौंलगायत देशका ठूला सहरमा फोर जी र भिओएलटीईमा आधारित सेवाको कभरेज बढी भएका स्थानमा सेवा प्रभावित भएको हो।

सेवामा उत्पन्न समस्या समाधानका लागि प्रयास भइरहेको टेलिकमले जनाएको छ।

सम्बन्धित समाचार