काठमाडौं । मधेस प्रदेश अहिले सुख्खा र खडेरीका चपेटामा परेको छ । वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाब सृजना भएको छ ।
अहिले वीरगञ्ज महानगरको ३२ वटै वडाहरुमा खाने पानीको चरम अभाब देखिएको छ । पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाब देखिएको छ ।
सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।
हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको साहेता दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए ।
नेपाली सेनाले दिनको ३ पटक पानी वितरण गर्छन् । अहिले खाना पकाउन, पानी पिउन यही पानी हो हामीले स्थानीय मोटर मियाँले बताए । गाउँको सबै चापाकल, इनार, कुवा सुकी सक्यो, वर्षात पनि भएको छैन यहाँ त धेरै समस्या छ उनले सुनाए ।
स्थानीय सुरज कुमार यादवको अनुसार कुनै पनि स्थानीय सरकार र राजनीति पार्टीले यहाँ केही सहयोग नगरेको उनले बताए । पानीको समस्या छ अहिलेसम्म नेपाली सेनाले मात्रा पानी दिएको छ । अरु वडा, पालिकाले केही गरेको छैन उनले बताए ।