0
Shares
काठमाडौँ । ह्यारी केन इंग्ल्याण्ड फर्किँदा गोल गरे पनि बायर्न म्युनिख आर्सनलसँग बराबरी खेल्न बाध्य बनेको छ । मंगलबार राति च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तरगत पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको हो ।
खेलमा अग्रता घरेलु टोलीले लिएको थियो । बुकायो साकाले १२ औँ मिनेटमा आर्सनललाई अग्रता दिलाए । तर ६ मिनेटपछि नै सर्जी ग्नाब्रीले बायर्नका लागि बराबरी गोल फर्काए । ३२ औँ मिनेटमा पेनाल्टीबाट ह्यारी केनले बायर्नलाई अग्रता दिलाए । आर्सनलविरुद्धको २० खेलमा उनको यो १५ औँ गोल थियो ।
दोस्रो हाफ पनि रोमाञ्चक रह्यो । ७६ औँ मिनेटमा लियान्ड्रो ट्रोसार्डले ग्याब्रियल जिसुसको पासमा गोल गर्दै खेल बराबरी गरे । अब दोस्रो लेग १७ अप्रिल बुधबार बायर्नको घरेलु मैदानमा खेलिनेछ ।