0
Shares
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको भेटवार्ता सकिएको छ। अपराह्न ४ बजेबाट सुरु भएको दुई नेताको छलफल डेढ घण्टा चलेको थियो।
भेटपछि एमाले पार्टी कार्यालय च्यासलबाट बाहिरिनेक्रममा भण्डारीलाई पत्रकारहरूले सदस्यताको विषयमा प्रश्न सोधेका थिए।
जवाफमा उनले ुसदस्यता नवीकरण भइसक्यो। यो पुरानो विषय होु भनेकी थिइन्। उनले आजको छलफल सौहार्दपूर्ण भएको र छलफलमा सदस्यता नवीकरणको विषयमा नभएको दाबी गरिन्।
‘आज सदस्यता नवीकरणको विषयमा कुरा भएन’ उनले दाबी गरिन्। त्यसो भए के कुरा भयो त भन्ने प्रश्नमा भनिन्, ‘आज राष्ट्रिय राजनीतिको विषयमा कुराकानी भयो।’