पार्टी राजनीतिमा रोक्ने प्रयाससँगै ओलीलाई भेट्न च्यासल पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

0 Shares

काठमाडौं। नेकपा एमालेबाट पार्टी राजनीतिमा फर्किने तयारी गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको पार्टी कार्यालय च्यासल पुगेकी छन् ।

उनी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग आइतबार दिउँसो ३ बजे पार्टी कार्यालयमा भेट हुने भनिए पनि अहिलेसम्म हुन सकेको छैन । प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारणले केहीबेर ढिला हुने भएको हो ।

पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले भने, ‘सम्माननीय पूर्वीराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज ३ बजे पार्टी कार्यालय च्यासलमा भेटघाट हुने भएको हो ।’

यसअघि एमालेको पोलिटब्यूरो बैठकमा पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण र पार्टीको सक्रिय राजनीतिमा आउने विषयमा गम्भीरतापूर्वक छलफल भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका थिए।

सम्बन्धित समाचार