शेखर कोइराला र विद्या भण्डारी विच भेट

0 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । हिजो नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटेका कोइराला आज बिहानै विद्या निवास भंगाल पुगेका हुन् ।

भेटमा पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको कोइराला सचिवालयले जनाएको छ । शेखरसँगको भेटमा भण्डारीले आफू सक्रिय राजनीतिमा आएको भन्दै सहयोगको अपेक्षा गरिन् ।

भण्डारीले भेटमा भनिन्, ‘म अब सक्रिय राजनीतिमा फर्किएको छु । तपाईं पनि देशको पक्षमा काम गर्न लागिपर्नुभएको छ । तपाईंले सहयोग गर्नुहुन्छ भन्ने आस राखेको छु ।’
भण्डारीसँगको भेटमा शेखरले आफू भ्रष्टाचारविरुद्ध लडिरहेको भन्दै देशमा सुशासन नभएको बताएका थिए । शेखर केपी ओली नेतृत्वको सरकारको कामकारबाहीलाई लिएर असन्तुष्ट सुनिन्छन् ।

सम्बन्धित समाचार