काठमाडौं । स्कुलको शिक्षा पूरा गरेसँगै हरेक विद्यार्थीको नयाँ गोरेटोको सुरुवात हुन्छ । यसको पहिलो खुड्किलोका रुपमा लिइँदै आएको पहिलो चरण हो, कक्षा ११ को भर्ना ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका विद्यार्थीहरू कक्षा ११ मा ‘कुन विषय पढ्नेरु कहाँ पढ्ने ? भन्ने बारेमा धेरै जना अन्यौलमा हुँदै आएको पाइन्छ ।
विद्यालय शिक्षाको संरचना परिवर्तन भएसँगै कक्षा ११ र १२ मा विद्यार्थीले विद्यालय परिवर्तन गर्दै आएका धेरै उदाहरण रहेका छन् । एसईईको परिणाम सार्वजनिक भएसँगै विद्यार्थीहरू आफ्नो आगामी शिक्षाका लागि अर्को प्राज्ञिक यात्राको सुरुवाती चरणमा पुगेका छन् ।
माध्यमिक शिक्षा भनिए पनि ११ र १२ अर्थात् प्लस टु चरणको यो यात्राले विद्यार्थीको शैक्षिक भविष्यलाई कता मोड्ने भन्ने निर्धारण गर्छ । विद्यार्थीको मेहनत र लगनशीलता प्लस टु शिक्षाको समयमा अझ महत्वपूर्ण मानिदै आएको छ ।
घर बलियो हुन, जग बलियो बनाउन आवश्यक हुन्छ । विद्यालय शिक्षाको उपल्लो चरणको प्लस टु शिक्षामा राम्रो अध्ययन गर्ने विद्यार्थीले भविष्यमा विश्वविद्यालयको अध्ययनमा उत्कृष्ट परिणाम हासिल गर्न सक्षम हुन्छन् । आफ्नो करिअर निर्माण गर्न सक्छन् । समग्रमा भन्ने हो भने, उच्च शिक्षा अध्ययनका लागि आधार तयार गर्ने ठाउँ विन्दु हो ।
प्लस टु कहाँ पढ्ने भन्नेबारे अन्योलमा रहेका तपाईंका लागि उपयुक्त हुन सक्छ, ‘काठमाडौं स्वप्ना बाटिका एसएस एन्ड कलेज’ । यो शैक्षिक संस्थाले हरेक विद्यार्थीको सपनालाई साकार बनाउँदै आएको छ ।
विद्यार्थीको सपनालाई साकार बनाउने कतव्र्य ठानेको ‘काठमाडौं स्वप्ना बाटिका’ काठमाडौंको मुटु मानिने नयाँ बानेश्वरस्थित शङ्खमुलमा छ । यो कलेज पछिल्लो समय विद्यार्थीको लोकप्रिय बन्दै जाँदा हामीले आफ्नो काँधमा जिम्मेवारी थपेको अनुभूति गरिरहेका छौँ । जुन काठमाडौं स्वप्ना बाटिकाको सम्पत्ति बन्न पुगेको छ ।
काठमाडौं स्वप्ना बाटिकामा विद्यार्थीहरूले विज्ञान, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कानुन जस्ता विषयमा शिखर छुन आफ्नो जग हाल्न सक्छन् । काठमाडौं स्वप्ना बाटिकामा ज्ञान प्राप्त गर्न, सीप हासिल गर्न तथा गतिशील चुनौतीको सशक्त रूपमा सामना गर्न सक्ने जनशक्ति उत्पादन गर्दै आएको छ ।
विद्यार्थीलाई समावेशी सिकाईको वातावरण प्रदान गर्न समर्पित काठमाडौं स्वप्ना बाटिकाको लक्ष्य विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रूपमा पूर्ण क्षमता अभिवृद्धि गर्नु रहेको छ ।
कलेजले शिक्षण सिकाईका क्रममा विज्ञान र प्रविधिको अधिकतम प्रयोग गर्दै आएको छ । विद्यार्थीलाई गुणस्तरीय शिक्षा मात्र प्रदान नगरी सिक्ने जोस पनि जगाउने राम्रो सिकाइ प्लेटफर्म बन्न सफल भएको छ । जेहेन्दार विद्यार्थीका लागि आवश्यकताअनुसार छात्रवृत्तिको व्यवस्था पनि गर्दै आएको छ ।
विज्ञान, व्यवस्थापन र कानुन संकायमा शिक्षा प्रदान गर्ने नवीन निर्देशनात्मक र शैक्षिक अभ्याससँग उक्त कलेज विद्यार्थी तथा अभिभावकको रोजाइमा पर्न सफल भएको छ ।
युवा र जिज्ञासु दिमागको समग्र विकासको लागि सम्भावना उजागर गर्न र उनीलाई भविष्यका सफल बनाऊ कलेज प्रतिबद्ध छ ।
यस कलेजमा बौद्धिक तथा शैक्षिक जनशक्ति तथा संकाय सदस्य र कर्मचारी छन् । उनीहरूले हरेक चरणमा विद्यार्थीको समग्र विकासमा सहयोग गर्दै आएका छन् ।
विद्यार्थीको क्षमता उजागर गर्न उच्चस्तरीय शिक्षा प्रदान गर्ने तथा विद्यार्थीको सफलताको लागि प्रतिबद्ध अनुभवी र हेरचाह गर्ने शिक्षा रहेका कारण कलेज उत्कृष्ट बन्न सफल भएको छ ।
सहयोगी सिकाई वातावरण रहेको यस कलेजमा रचनात्मकतालाई बढवा दिन तथा विद्यार्थीमा रहेका क्षमता तथा प्रतिभा प्रस्फुटन गर्न हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएको छ । औपचारिक शिक्षासँगै अन्य विभिन्न कार्यक्रम कलेजमा हुने गरेका छ ।