0
Shares
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेको शपथ आज दिउँसो तीन बजे तय भएको छ ।
यसअघिका मन्त्री राजकुमार गुप्ता घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरेका थिए ।
मेयरमा पराजित भएकी न्यौपाने पछि राष्ट्रियसभा निर्वाचनमा विजयी भएकी थिइन् । उनको ६ वर्षे राष्ट्रिय सभा कार्यकाल आगामी फागुनमा सकिँदै छ ।