0
Shares
काठमाडौं । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने मन्त्री नियुक्त भएकी छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका हुन्।
विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीबाट राजीनामा दिएसँगै न्यौपानेले मन्त्री बन्ने अवसर पाएकी हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन् ।
न्यौपाने २०७६ सालमा गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनको कार्यकाल जम्मा आठ महिना बाँकी छ । अर्थात, आगामी २० फागुनसम्म छ ।