0
Shares
काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीले जुनसुकै पद दिए पनि हुने बताएका छन् । एकीकृत समाजवादीसँग एकता गर्न हस्तक्षरर गरेपछि गौतमले आफूले पदका लागि एकता नगरेको प्रष्टीकरण दिएका हुन् ।
एकीकृत समाजवादीसँग साउन २ गते एकता गर्ने सहमती भई सकेकाले एकता नभाँडिने संयोजक गौतमले बताए । उनले भने, ‘एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय भएको छ । पहिला जस्तो एकता भाँडिदैन । एकीकृत समाजवादीलाई यो पद चाहियो त्यो पद चाहियो भनेर माग गरेको छैन । जुन पद भए पनि बस्न तयार छु ।’
पार्टी एकता भएपछि आफू देशैभर जाने योजना बनाएकाले बलियो शक्तिको रुपमा उभिने उनले दाबी गरे ।