माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति

0 Shares

काठमाडौं । वामदेव नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा एकीकृत समाजवादीबीच एकता गर्ने सहमति भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियानका अध्यक्ष गौतमबीच शुक्रबार बिहान पार्टी एकता गर्ने लिखित सहमति भएको हो। पार्टी एकता घोषणा आउने साउन २ गते राष्ट्रिय सभागृहमा गरिने सहमतिपत्रमा उल्लेख छ।

सहमतिपत्रमा भनिएको छ, ‘नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानकर अध्यक्ष वामदेव गौतमसहितका नेताहरूबीच छलफल हुँदा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीती र कार्यदिशामा एकरुपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान नेकपा (एकीकृत समाजवादी) मा एकतावद्ध हुने सहमति गरियो।’

सम्बन्धित समाचार