बैठकमा प्रचण्डको ब्रिफिङ : केपी ओली र विद्या भण्डारीको प्रवृत्ति र विचार एउटै हो

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको भेटका विषयमा ब्रिफिङ गराएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीलाई नै नसोधेर भेटेको बारेमा जानकारी गराएका हुन् ।
अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओली पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको माओवादीलाई हेर्ने प्रवृत्ति र विचार एउटै भएकाले व्यक्ति मात्रै फरक हुने बैठकमा सहभागी पार्टी उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘बैठकमा पूर्व राष्ट्रपति विद्या भण्डारीसँग भेट गरेको बारेमा प्रश्न उठ्यो । त्यसमा अध्यक्ष प्रचण्डले प्रकाश जीले उहाँ (विद्या भण्डारी)लाई भेट्नु भएको रहेछ । पार्टी एकता वा गठबन्धन गर्न भेटेको होइन । अन्य विषयमा भेट्नु भएको रहेछ’ प्रचण्डको भनाई उल्लेख गर्दै गजुरेलले भने, ‘एमाले नेतृत्वमा ओली आए पनि भण्डारी आए पनि माओवादीलाई हेर्ने दृष्टिकोण फरक हुँदैन । एउटै हो । यसमा थप चर्चा गर्न जरुरी छैन । आफ्नै पार्टी बलियो बनाउन लाग्नुपर्छ ।’

एमाले अध्यक्ष को हुने भन्ने विषय उनीहरूको आन्तरिक विषय भएकाले यसमा माओवादीले थप चर्चा र टिप्पणी गर्न नहुने प्रचण्डले तर्क गरेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पूर्व राष्ट्रपति भण्डारीलाई भेटेको विषय बाहिर आएपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले खण्डन गरेका थिए । भेट बारेमा प्रचण्डले श्रेष्ठलाई सोधेपछि आफूले भेटे पछि जानकारी गराउन बिर्से जवाफ दिएका थिए ।

सम्बन्धित समाचार