माओवादीसँग एकता गर्न तयार छौँ : महेन्द राय यादव

0 Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले नेकपा माओवादी केन्द्रसँग एकता गर्न तयार रहेको बताएका छन् । पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठले माओवादीसँग एकता गरेपछि अध्यक्ष यादवले समेत एकता गर्ने समझदारी भएको बताएका हुन् ।

माओवादीसँग महाधिवेसनसम्म एकता गर्ने सहमती भएको अध्यक्ष यादवले बताए । प्रचण्ड जीसँग भेटघाट र छलफल भइ राखेका छन् । ‘माओवादीको एकता हुने बेलासम्म एकता गर्ने समझदारी भएको छ । गंगा जीले हतार गरेर एकता गर्नुभयो । हामी महाधिवेसनसम्म एकता गर्ने छौँ’ उनले भने,‘माओवादीले यसै वर्ष महाधिवेसन गर्ने लागेकाले यो वर्ष नै एकता हुन्छ ।’

एकतापछि हुने पार्टीको नाम र चुनाव चिन्हमा महाधिवेसनबाट जुन निर्णय हुन्छ त्यसैलाई मानेर जान तयार रहेको यादवले बताए । हामीले पहिले देखि नै चुनाव चिन्ह र पार्टीको नाम फेरे मात्रै एकता गर्ने भन्दै आएका थियौं । त्यसमा प्रचण्ड जी पनि लचिलो हुनुहुन्छ । महाधिवेसनबाट जस्तो सहमती हुन्छ त्यो मान्न तयार छौं ।

सम्बन्धित समाचार