बाढीबारे छलफल गर्न सत्ता साझेदार दलका नेताबीच छलफल

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी थिए ।

उनीहरूबीच समसामयिक परिस्थिति, बाढी पहिरो र डुबानको क्षति तथा उद्धारलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

सम्बन्धित समाचार