0
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको गठबन्धनको विकल्प खोजिए नेपाली कांग्रेसलाई फाइदा नहुने पार्टी कार्यसमिति बैठकमा बताएका छन् ।
मंगलबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले अन्य दललाई पनि समावेश गरेर गठबन्धनलाई थप सशक्त बनाए कांग्रेसलाई फलदायी हुने स्पष्ट पारेका थिए ।
‘गठबन्धनलाई राम्रोसँग हिँडाएर कांग्रेसको हितमा जान सक्ने किसिमले काम गरिरहेका छौँ, अरू राजनीतिक दललाई पनि समेटेर अहिलेको सरकारलाई निरन्तरता दिन उपयुक्त हुन्छ,’ गृहमन्त्री लेखकले बैठकमा भने ।
अहिले अर्को विकल्पमा कुरा गर्न थाले गन्तव्यमा पुग्न नसक्ने उनको भनाइ थियो । ‘अहिले अर्को विकल्पको कुरा गर्न थाले गन्तव्यमा पुग्दैनौँ,’ उनले भने ।