ओलीले भने – मिडियाले विद्या भण्डारी र मबीच बम पड्काइसके

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी अब कसैले फुटाउन नसक्ने दाबी गरेका छन् । मदन जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले एमालेलाई दिउँसै टर्च बालेर खोज्नुपर्ने बनाइदिन्छु भन्नेहरूको हालत देखिसकिएको बताए ।

विगतका वर्षहरू एमालेमाथि महाप्रहारका वर्षहरू रहेको बताउँदै उनले भने, ‘हाम्रो विरोधीले गोली हानिरहेका छन्, हामीलाई छोयोमात्रै, एमाले त्यति मजबुत छ, तर अनलाइन मिडियाहरूले यो कार्यक्रम भाँड्न वृक्षरोपण कार्यक्रम राखे विभिन्न ठाउँमा भन्छन् । मदन भण्डारी दिवस मनाउन देशभरि कार्यक्रम राखिएको छ । एमाले निकट रहेका सङ्गठनहरूको कार्यक्रम भाँड्न खोजेर भाँडिन्छ रु कसरी भाँडिन्छ म र विद्या भण्डारी आउने कार्यक्रम रु’

अध्यक्ष ओलीले आजकै कार्यक्रमबाट एमालेमा बम पड्कन्छ र एमाले ध्वस्त हुन्छ भन्ने सपना देखेर विरोधीहरू बसेको बताए ।

सम्बन्धित समाचार