ओली-देउवा छलफलमा, प्रचण्ड अनुपस्थित

0 Shares

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा छलफलमा जुटेका छन् ।

प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल हुने भनिएपनि माओवादी अध्यक्ष प्रचण्ड उपत्यका बाहिर भएकाले प्रधानमन्त्री र देउवा मात्रै छलफलमा जुटेका हुन् । बालुवाटारमा उनीहरूबीच छलफल जारी छ ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) को जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल चलिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार