0
Shares
काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा बस्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बैठक हुन लागेको हाे।
बैठक दिउँसो ३ बजे बस्ने तय भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्नेछ।
प्रतिनिधिसभाको बैठकमा जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने जनाइएको छ।