काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गरेको १७ दिनपछि आइतबारदेखि प्रतिनिधिसभामा बजेटमाथिको सैद्धान्तिक छलफल प्रारम्भ भएको छ ।
गत जेठ १५ गते संसद्मा बजेट प्रस्तुत भए पनि प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण छलफल अघि बढ्न सकेको थिएन ।
प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्, भनी प्रस्ताव प्रस्तुत गरेपछि छलफल सुरु भएको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा नाराबाजी गर्दै आएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी भने सत्तारुढ एमालेसँग दुई बुँदे सहमतिसँगै अवरोध फिर्ता लिएको छ ।
माओवादीको साथ पाएपछि सत्तारुढ दलले रास्वपा र राप्रपालाई पेलेरै बजेटमाथिको छलफल प्रक्रिया अघि बढाएका हुन् ।