0
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरू राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आन्दोलनका बीच उनले आफ्ना कुरा राखेका हुन् ।
आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै बताउँदै उनले संवैधानिक निकायको काममा सहयोग गर्ने जिकीर गरे । मेराविरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने ।
रास्वपा र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । सत्तारुढ दलहरूसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दुई बुँदे सहमति गरेपछि संसद बैठक चलेको हो ।