अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

0 Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

मत परिणामअनुसार कडरियाले ७३२ मत ल्याएर विजयी हुँदा पौडेलले ७२५ मत पाएका थिए ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित भएका छन् भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार