0
Shares
काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेकपा एकीकृत समाजवादीका नेताहरूलाई अभिव्यक्तिको खण्डन गरेका छन् ।
नेकपा एसका अध्यक्ष माधव नेपालविरुद्ध प्रधानमन्त्री केपी ओलीको निर्देशनमा अख्तियारले भ्रष्टाचारको मुद्दा दर्ता गरेको आरोप लगाएपछि त्यसको खण्डन गरेका हुन् ।
उनले भने, ‘यो उहाँहरूको प्रतिशोधपूर्ण अभिव्यक्ति हो । अरू केही नभएपछि लगाइएको आरोप हो । यो उहाँहरूको स्वास्थ्यलाई पनि राम्रो गर्दैन । संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त हुँदैन ।’
उनले आलोचनापूर्ण र प्रतिशोध राखेर अभिव्यक्ति नदिन नेकपा एसका नेताहरूलाई सुझाव दिए ।