वाइसिएलको आजदेखि निर्वाचन प्रक्रियामा जाने

0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको शक्तिशाली भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया आजबाट जाने भएको छ । जेठ १८ गते(आइतबार) अध्यक्ष प्रचण्डले उद्धघाटन गरेपछि सामेबार र मंगलबार समुहगत छलफल, विधान प्रतिवेदन पास लगायत विविध विषयमा छलफल भएपछि आजबाट निर्वाचनको प्रक्रियामा जान लागेको हो ।

वाइसिएलको निर्वाचन गराउन डा.जगतकृष्ण पोखरेलको नेतृत्वमा समिति बनाएको नेता पुष्प ओलीले बताए । समितिलाई सर्वसम्मत भएमा त्यसै अनुसार तयारी थाल्न निर्देशन दिएको उनले बताए । यदी निर्वाचन हुने स्थिति भएमा त्यसै बमोजिम तयार थाल्न भनिएको छ । अहिलेसम्म निर्वाचन हुने÷नहुने ५० प्रतिशत रहेको नेताहरुले बताएका छन् ।

संगठनमा ४० वर्षे उमेर हद कायम भएकाले अधिकांश पदाधिकारी संगठनबाट बिदा हुन लागेका छन् । अहिले अध्यक्षमा उपाध्यक्षय केहरसिंह कुँवर, उपहासचिव पुष्प ओली, सचिवबाट डम्बर पुलामी, गणेश शाही, माधव बस्नेतलगायतले आकांक्षा राखेका छन् । निर्वाचन नै हुने स्थिति आएमा कुँवर र ओलीबिच नै प्रतिस्पर्धा हुने बुझिएको छ । यस्तै, वाइसियल महासचिवमा सोभाराम भण्डारी, हरि ढकाल, सन्तोष पनेरु, दिरज उपरकोटीलगायतले इच्छा देखाएका छन् । यसरी नेतृत्वमा आउन खोजेका अधिकांश नेताहरु जनमुक्ति सेनाबाट अवकाश लिएका धेरै रहेका छन् ।
पछिल्लो समय वाइसियलको चाम घटेको छ । कुनै समय गणेशमान पुन, रामप्रसाद सापकोटा दिपशीखा हुँदा वाइसियलको चर्चासमेत हन्थ्यो । उक्त संगठन धेरै सक्रिय हुँदा कतिपय अवस्थामा आलोचितसमेत भएको थियो । तर, पछिल्लो समय पार्टीले वाइसिललाई वैचारिक, राजनीतिकसँगै उत्पादनमा केन्द्रत गर्ने नीति लिएपछि कम चर्चा हुन थालेको नेताहरू बताउँछन् ।

अहिले ३१५ सदस्यीय केन्द्रीय समिति रहेको वाइसिएलमा ६१ जना पदाधिकारी रहेका छन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ । आगामी सम्मेलनबाट वाइसियलको छरितो टिम बन्ने भएकाले प्रभावकारी हुने नेताहरूले दाबी गरेका छन् ।

 

सम्बन्धित समाचार