दुई दिन बन्द भएको सार्वजनिक यातायात भोलिदेखि चल्ने

0 Shares

काठमाडौं । दुई दिनदेखि आन्दोलन गरी सार्वजनिक यातायात बन्द गरेका व्यवसायीहरूले भोेलिदेखि सवारी साधन सञ्चालन गर्ने भएका छन् ।

सार्वजनिक यातायातको केन्द्रीय महासंघका महासचिव भरत नेपालले आन्दोलन फिर्ता लिएको जानकारी दिँदै भोलिदेखि सवारी साधन सञ्चालन गर्ने अनुरोध गरेसँगै यातायात चल्ने भएको हो ।

मंगलबार आफ्नो सामाजिक सञ्जालमा एक सूचना पोस्ट गर्दै उनले सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुरोध गरेका हुन् । उनले भने, ‘बन्द यातायात भोलिबाट सञ्चालन गर्न हुन सबैमा अनुरोध छ ।’

केन्द्र सरकारको पत्रपछि गण्डकीले एक महिना रोक्यो राइड सेयरिङ नियमावलीको निर्णय

सम्बन्धित समाचार