0
Shares
काठमाडौं । प्रतिनिधिसभा बैठक तीन घण्टाका लागि स्थगित भएको छ ।
सत्तापक्ष र प्रतिपक्षीबीच सदन सञ्चालनका सम्बन्धमा सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्म स्थगित भएको हो ।
बैठक सूचना टाँसेर दुई बजेसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी दिएको छ ।