अनेरास्ववियुमा लागेन चुनावी रौनक, यी अनुहार बाहिरिए

0 Shares

संजय थापा

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले पहिलो पटक नेतृत्वको ३२ वर्षे उमेर हद लगायो । त्यसपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भर्खरै निर्वाचनद्वारा ३२ वर्षे उमेर हद लगाउँदै निर्वाचन गर्न सफल भयो । उमेर हद लगाएपछि निर्वाचनबाटै अध्यक्षमा विजय प्रकाश सापकोटा निर्वाचित भए ।

नेकपा एमाले निकट अनेरास्ववियुको यहीँ जेठ २५ गतेदेखि २८ गतेसम्म २४ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्दै छ । नेविसंघ र अखिल क्रान्तिकारीले ३२ वर्षे उमेर हद लगाएपछि अनेरास्ववियुमा समेत उमेर हद लगाउने निर्णय भएको छ । नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा अध्यक्ष छन् भने अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा नेतृत्वमा आए पनि बाहिर खासै चर्चा छैनन् । राजनीतिक परिपक्कता धेरै नदेखिएपछि उतिसारो बाहिर चर्चा नहुने गरेको विद्यार्थी नेताहरू बताउँछन् ।

अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले महाधिवेशनबाट अध्यक्षमा धेरै जनाले आकांक्षा राखे पनि उमेर हदका कारण बिदा हुनु परेको जानकारी दिए । ‘हामी स्वभावैले नेतृत्वको आकांक्षा राखेका थियौ । पार्टीले उमेर हद लगाएपछि बिदा हुनुपर्ने भएको छ’ उनले भने, ‘नेविसंघ र अखिल क्रान्तिकारीमा उमेर हद लगाएपछि अनेरास्ववियुमा दबाब भयो । त्यसैमा उमेर हद लगाउँदा अरू संगठनको स्ववायु निर्वाचनमा राम्रो नतिजा आएको निष्कर्षपछि अनेरास्ववियुमा उमेर हद लाग्न बाध्य भयो ।’

अध्यक्षको दौडमा उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी अध्यक्षको दाबेदार थिए । महासचिव नरेश रोकायले समेत अध्यक्षमा दाबी गरेका थिए । पार्टीले २३ वर्षे उम हद लगाएपछि सबै बिदा हुने भएका छन् । ति चर्चित अनुहार बाहिरिएपछि अरु नामै नसुनिएका नेतृत्वमा आउने भएका छन् ।

अब अनेरास्ववियूको भावी नेतृत्व सचिवबाट आउने देखिएको छ । संगठनमा ३२ वर्षे उमेर हद लागेपछि नेतृत्वको विषयमा बाहिर खास्सै चर्चा सुनिएको छैन । महाधिवेशन आउन जम्मा १०/११ दिन मात्रै बाँकी भए पनि नेतृत्वको बारेमा मिडियामा चर्चा हुन पाएको छैन ।

पार्टी अध्यक्ष एवं केपी शर्मा ओली र पार्टी महासचिव शंकर पोखरेलले अनेरास्ववियुको नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न संकेत गरी सकेका छन् । राष्ट्रिय युवा संघ नेपालको समेत सर्वसम्मत गर्न नेतृत्व चयन गर्न दबाब दिएको थियो । अन्तमा निर्वाचनबाट नेतृत्व चयन गरिएको छ । प्रेस चौतारीमा निर्वाचन नै नगराएर सर्वसम्मतबाटै नेतृत्व चयन गरिएको थियो ।

संगठनमा निर्वाचन गराउँदा फुट र विवाद आउने भएकाले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिने गरिएको छ । जसका कारण नेतृत्वको बारेमा चुनावी कुनै रौनक उति सारो देखिएको छैन ।

नेतृत्वमा आउनेले समेत आफ्नो पक्षमा खास्सै माहौल तताएका छैनन् । विद्यार्थी संगठनमा उमेर हद लगाउँदा पार्टीका नेतालाई चुनौती दिने अवस्था नहुने भएको छ । साथै संगठनमा नेतृत्वको विकास हुन पाएको छैन भने उनीहरूले गर्ने विभिन्न मुद्रामा विद्यार्थी संगठनले खास्सै हस्तक्षेप गर्न सकेका छैन । यसले भावी नेतृत्वको विकास गर्ने नर्सरीको रूपमा हेरिएको विद्यार्थी संगठन विस्तारै सेलाउँदै जाने देखिएको छ ।

सम्बन्धित समाचार