काठमाडौं । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले नेपालको इतिहासमा नयाँ कीर्तिमान बनाएको छ । कम्पनीले जोमसोममा सीसीएस २ विद्युतीय सवारी साधान (ईभी) चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको छ ।
यो अहिलेसम्मकै उच्च भूभागमा रहेका चार्जिङ स्टेसनमा समावेश भएको छ । यो उपलब्धिले दुर्गम र कठिन भौगोलिक स्थानमा ईभीको पूर्वाधार विकासमा कम्पनीको महत्वपूर्ण भूमिका खेलेको छ ।
जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन केवल इन्जिनियरिङ उपलब्धि मात्र नभई, नेपालमा ईभी विकासको सुरुवाती कदम हो । अब, यस्तो उच्च स्थानसम्म सीसीएस२ चार्जिङ सुविधा पुगेकाले ईभी प्रयोगकर्ताले सुरक्षित रूपमा यात्रा गर्न र ग्रिनर नेपाल निर्माणमा योगदान दिन सक्ने छन् ।
एमएडब्लू वृद्धिले हाल नेपालभर ११६ स्थानमा रणनीतिक रूपमा राखिएका सीसीएस२ चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । जसले सहरभित्र मात्र होइन, जोमसोमजस्ता टाढाका ठाउँमा पनि ईभी प्रयोगकर्ताका लागि भरपर्दो सेवा सुनिश्चित गर्ने छ ।
यस पहलले ईभी पूर्वाधार सुदृढ गर्नुका साथै जोमसोमजस्तो लोकप्रिय पर्यटकीय गन्तव्यमा दिगो पर्यटनलाई पनि प्रवर्द्धन गर्छ । जोमसोम नेपालको धेरै यात्रा गरिने ठाउँहरूमध्ये एक हो ।
जहाँ स्वदेशी र विदेशी पर्यटकहरूको भीड लाग्ने गर्दछ । पर्यावरणप्रेमी यात्रुका लागि वातावरण मैत्री यात्रालाई सहज बनाउने दिशामा यो चार्जिङ स्टेशनको स्थापना एक ठूलो कदम हो ।
समग्रमा, इनोभेसन र डिटरमिनेसको उत्कृष्ट समिश्रण देखिने यो उपलब्धिले ईभी प्रयोगकर्ता, वातावरणप्रेमी र सरकारी नीति निर्माताहरूबीच ठूलो विश्वास बढाउने छ । साथै, एमएडब्लू वृद्धि स्पीड चार्जर्सको जहाँसुकै जोकोहीका लागि सफा यातायात सम्भव गराउने सपनालाई अझ सहज बनाउने छ ।