काठमाडौँ । सुनको भाउ आज आइतबार तोलाको १ हजार ४०० रुपैयाँले बढेको छ । शुक्रबार तोलाको १ हजार १०० रुपैयाँले घटेको सुन आइतबार नै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार जेठ ११ गते आइतबार छापावाला सुनको मूल्य एक लाख ९१ हजार ८०० रुपैयाँमा पुगेको छ । अघिल्लो कारोबार दिन शुक्रबार छापावाला सुन तोलाको एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आइतबार चाँदीको मूल्य भने स्थीर रहेको छ । बिहीबार २ हजार २५ रूपैयाँमा किनबेच भएको चाँदी शुक्रबार २० रुपैयाँले घटेर तोलाको २ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३३५७ दशमलव ४० डलरमा कारोबार भैरहेको छ । यस्तै यसदिन चाँदीको भाउ प्रतिऔंस ३३ दशमलव ४९ डलर तोकिएको छ । अन्तर्राष्ट्रिय बजार भाउमा हुने उतार चढावका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुँदै आएको छ । नेपालमा शनिबार बाहेक हप्तामा ६ दिन सुनको भाउ निर्धारण हुने गरेको छ ।