रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइ नहुने भएको छ ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रिटमाथि सुनुवाइ भएको थियो । तर, सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

यो मुद्दा आज न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा रहेको थियो । तर न्यायाधीश सुवेदी संवैधानिक इजलासमा बस्नुपर्ने भएकाले रविको निवेदन सुनुवाइ गरिरहेको इजलास आज नबस्ने भएको हो।

सम्बन्धित समाचार