0
Shares
काठमाडौं । सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको छ ।
प्रारम्भिक तथ्यांकअनुसार संघीय तथ्यांक सेवा (रोसस्टाट)द्वारा उक्त जानकारी दिइएको हो ।
यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैंकले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ । मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैंकले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए ।
समग्र वर्षका लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ भने केन्द्रीय बैंकले दुई प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ ।