गभर्नर नियुक्तिमा चलखेल भइरहेको छ- प्रचण्ड

0 Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका गभर्नर नियुक्ति चलखेल भइरहेको बताएका छन् ।

मध्यपहाडी लोकमार्गन्तर्गत सुदूरपश्चिम बैतडी जिल्लाको पाटनबाट शुक्रबार सुरु भएको जागरण अभियानको उद्घाटन गर्दै उनले सुशासनको खिलापमा सरकार अगाडि बढिरहेको बताए ।

यस क्रममा उनले भने, ‘राष्ट्र बैंकको गभर्नर तुरुन्तै नियुक्त हुनुपर्ने पद हो, सरकारले अहिलेसम्म नियुक्त गर्न सकेको छैन, त्यसमा अनेक खलाका चलखेल भइराखेको छ, यी सबै कारणले यो सरकार विल्कुल गलत दिशामा गइराखेको छ ।’

यस्तै, उनले प्रतिपक्षी दलको खबरदारीलाई सरकारले सुन्न नचाहिरहेको भन्दै जनताको आवाजलाई बेवास्ता गरेर भ्रष्टाचार र विकृतिलाई संरक्षण गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

सम्बन्धित समाचार