प्रभु महालक्ष्मी लाइफको खुद नाफा २७ करोड

0 Shares

काठमाडौं। प्रभु महालक्ष्मी लाइफले चालू आर्थिक वर्षको त्रैमासिक विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा ०।६७ प्रतिशतले बढेर २७ करोड रुपैयाँ पुगेको छ।

गत वर्ष सोही अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बिमाशुल्क आर्जन र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा बढेको हो।

कम्पनीको बिमाशुल्क आर्जन १७.८१ प्रतिशतले बढेर ३ अर्ब ४९ करोड पुगेको छ। गत वर्ष यसै अवधिमा २ अर्ब ९६ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो।

चैतसम्म कम्पनीको चुक्ता पुँजी ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८९ पैसा छ।

सम्बन्धित समाचार