काठमाडौं । अमेरिकाको प्रसिद्ध आर्थिक पत्रिका फोर्ब्सले विश्वका अर्बपतिको नयाँ सूची सार्वजनिक गरेको छ । योसँगै विश्वमा अर्बपतिको संख्या दुई हजार ७८१ जना पुगेको छ । यो आँकडा गत वर्षको भन्दा १४१ जना धेरै हो ।
विश्वका डलर अर्बपतिको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षभन्दा २ ट्रिलियन धेरै हो । यस्तै, सन् २०२१ भन्दा १.१ ट्रिलियन धेरै हो । नयाँ रिपोर्टअनुसार अर्बपतिमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ । केहीको मात्रै सम्पत्ति घटेको छ ।
नयाँ सूचीअनुसार सर्वाधिक अर्बपति बस्ने देशमा अमेरिका पहिलो स्थानमा कायमै छ । अमेरिकामा ८१३ जना अर्बपति रहेका छन् । दोस्रो स्थानमा रहेको चीनमा ४७३ जना अर्बपति छन् ।
अर्बपति बस्ने तेस्रो देशमा भारत रहेको छ । यहाँ अर्बपतिको संख्या कीर्तिमानी दुई सय जना पुगेको छ । फोर्ब्सले गत मार्च ८ को शेयर मूल्य तथा विनिमयदरको आधारमा अर्बपतिको सम्पत्ति गणना गरेको हो ।
१, बर्ना आर्नोको सम्पत्ति २ खर्ब ३३ अर्ब डलर छ ।
२, एलन मस्कको १ खर्ब ९५ अर्ब छ ।
३, जेफ बेजोसको १ खर्ब ९४ अर्ब डलर छ ।
४, मार्क जुकरबर्गको १ खर्ब ७७ अर्ब छ ।
५, ल्यारी इलिसनको १ खर्ब ४१ अर्ब छ ।
६, वारेन बफेटको १ खर्ब ३३ अर्ब डलर छ ।
७, बिल गेट्सको १ खर्ब २८ अर्ब डलर छ ।
८, स्टिभ बाल्मरको १ खर्ब २१ अर्ब डलर छ ।
९, मुकेश अम्बानी एसियाका सबैभन्दा धनी व्यक्ति हुन् । उनको सम्पत्ति १ खर्ब १६ अर्ब डलर छ ।
१०, ल्यारी पेजको १ खर्ब १४ अर्ब डलर रहेको छ ।
११, सर्गेइ ब्रिनको १ खर्ब १० अर्ब डलर छ ।
१२, माइकल ब्लुम्बर्गको १ खर्ब ६अर्ब डलर रहेको छ ।
१३, अमान्सियो ओर्टेगाको १ खर्ब ३ अर्ब डलर छ ।
१४, कार्लोस स्लिम हेलुको १ खर्ब २ अर्ब डलर छ ।
१५, फ्रान्कोइस बेटेनकोर्ट मेयेर्सको ९९ अर्ब ५० करोड डलर छ ।