विराट कोहलीको टोली बैंगलुरू लगातार दोस्रोपटक पराजित

0 Shares

काठमाडौं । जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जाइन्टले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । लखनउले बैंगलुरुलाई २८ रनले पराजित गरेको हो ।

लखनउले दिएको १८२ रनको लक्ष्य पछ्याएको बैंगलुरु १९.४ ओभरमा अलआउट हुँदा १५३ रन मात्रै बनाउन सक्यो । यो आफ्नो घरेलु मैदानमा विराट कोहलीको टोली बैंगलुरुको लगातार दोस्रो हार हो ।

पहिला ब्याटिङ्ग गर्दै लखनउले २० ओभरमा पाँच विकेटको क्षतिमा १८१ रन बनाएको थियो । लखनउको यस सिजनमा तेस्रो खेलमा दोस्रो जित हो भने बैंगलुरुले चौथो खेलमा एक जित र तेस्रो हार बेहोरेको छ ।

आईपीएलअन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ ।

सम्बन्धित समाचार