0
Shares
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीहरूका लागि लाभांश प्रस्ताव विनै जेठ ४ गते २८औं वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको वैशाख १२ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको कुपण्डोलस्थित कम्पनीकै केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा बोलाएको हो।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ।
सभा प्रयोजनार्थ कम्पनीले वैशाख २२ गते बुक क्लोज गर्ने भएकाले वैशाख २१ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा उपस्थित हुन सक्ने छन्।