0
Shares
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा एक लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य बढेको छ । मंगलबार तोलामा एक हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर एक लाख ९५५ रुपैयाँ कायम भएको हो ।