आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0 Shares

काठमाडौं । मंगलबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायीका अनुसार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन तोलामा एक लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य स्थिर रहेको छ । महासंघका अनुसार सोमबार तोलामा एक हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको हो ।

सम्बन्धित समाचार